ग्यास सिलिन्डर पड्किँदा दुईजना घाइते


दाङ, ४ फागुन । दाङमा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा दुईजना घाइते भएका छन् ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा बिहीबार बिहान खाना पकाउने ग्यास पड्किँदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भएर तुलसीपुर–१६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार बिहीबार विहान साढे ८ बजेको समयमा खाना पकाउने क्रममा ग्यास लिक हुँदा सिलिन्डर पड्किएको थियो ।

घाइते केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । खनालको अवस्था माध्यम रहेको बताइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार