जनकपुरधाम, ३ फागुन । मधेस प्रदेशको सातवटा विषयगत समिति गठन गरिएको छ ।
बुधबार बसेको प्रदेश सभा बैठकमा विभिन्न सातवटा विषयगत समिति गठन भएको हो ।
बैठकमा सभामुख रामचन्द्र मण्डलले दलीय सहमतिमा विभिन्न विषयगत समिति गठन गरेका हुन् ।
प्रदेशसभामा प्रतिनिधित्व गरेका सातवटै संसदीय दलहरूले एक÷एक विषयगत समिति पाएका छन् ।
सार्वजनिक लेखा समिति
अभिराम शर्मा
उपेन्द्र महतो
कनिष पटेल
चन्दन कुमार सिंह
जनार्दन सिंह क्षेत्री
मञ्जु देवी थापा मगर
मनिष कुमार सुमन
युवराज भट्टराई
रामअशिष यादव
रेखा ठाकुर
ल्खन दास तत्मा
शंकर प्रसाद चौधरी
शेषनारायण यादव
हरिनारायण महतो
अर्थ तथा योजना समिति
जंगीलाल राय
जयनव खातुन
दिपेन्द्र ठाकुर
प्रमोद यादव
फुलो देवी
माला कुमारी कर्ण
राजकुमार गुप्ता
रामबाबु यादव
श्याम प्रसाद पटेल
संजय कुमार महतो
सकिल मिया
सतिश कुमार सिंह
कृषि तथा भूमि व्यवस्थापन समिति
अनिता कुमारी साह
कौशल किशोर राय
निलम कुमारी रजक
पल्टी देवी महरा
पल्टी देवी यादव
बच्चा राउत अहिर
मो. रजि हैदर
मो समिम
रमेश प्रसाद कुर्मी
लक्ष्मी देवी
शाहिदा खातुन
शारदा देवी थापा
उर्मीला देवी सिंह
प्रदेश मामिला समिति
कृष्ण प्रसाद यादव
जिवछी कुमारी यादव
त्रिलोकी प्रसाद
भरत प्रसाद साह
रमिता प्रधान
राजपति देवी दैसवाल
ललबाबु राउत
विरेन्द्र प्रसाद सिंह
बेची लुंगेली
सरोज कुमार सिंह
हसिना खातुन
प्राकृतिक स्रोत तथा वातावरण समिति
इन्दु कुमारी साह
गोविन्द बहादुर न्यौपाने
जितेन्द्र प्रसाद सोनार
त्रिभुवन साह
देवनारायण थारु
नागेन्द्र साह
नुरुन नेशा
मनोज कुमार सिंह
बिन्दु कुमारी यादव
शारदा दास पहाडी
ममता कुमारी मण्डल
महिला बालबालिका तथा सामाजिक न्याय समिति
अन्जना पण्डित
अनिरुद्ध कुमार सिंह
किरण कुमारी
किशोरी देवी
कुमरकान्त झा
जयचन्द प्रसाद पटेल
फकिरा महतो
भाग्यश्री कुमारी चौधरी
मञ्जु कुमारी मण्डल खँग
रानी कुमारी तिवारी
रुपा यादव
ललिता दास
विना देवी शर्मा
सकुन्ती देवी
विकास समिति
शारदा शंकर प्रसाद कलवार
कञ्चन विक्छा
जयनुल राइन
जवाहरलाल कुशवाहा
प्रमोद कुमार जैशवाल
शोभा देवी
मो. समिर
मिना कुमारी लामा
रत्नेश्वर गोइत यादव
रविन्द्र दास श्रेष्ठ
राजेन्द्र प्रसाद चौधरी थारु
रामसरोज यादव
शंभु कुमार साह
सुनिल कुमार यादव
विमला अन्सारी
मधेस प्रदेशमा अर्थ तथा योजना समितिमा सभापतिसहित ११ जना, कृषि तथा भूमि व्यवस्थापन समितिमा सभापतिसहित १२ जना, प्रदेश मामिला समितिमा सभापतिसहित ९ जना, प्राकृतिक स्रोत तथा वातावरण समितिमा सभापतिसहित १२ जना, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा सभापतिसहित १३ जना, विकास समितिमा सभापतिसहित १२ जना र सार्वजनिक लेखा समितिमा सभापतिसहित १५ जना सदस्य रहने व्यवस्था छ ।
यसअघि अर्थ तथा योजना समितिको सभापति जसपाका मनीषकुमार सुमनसहित अन्य १० जना, कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा नेकपा एसका मदनसेन प्रसाद श्रीवास्तवसहित अन्य ११ जना, प्रदेश मामिला समितिको सभापतिमा जसपाका अशोककुमार यादवसहित अन्य ८ जना, प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा माओवादी केन्द्रका जगत प्रसाद यादवसहित अन्य ११ जना, महिला बालबालिका तथा सामाजिक न्याय समितिको सभापतिमा लोसपाका जयनुल राइनसहित अन्य १२ जना, विकास समितिको सभापतिमा जसपाकी डा. रिना यादवसहित अन्य ११ जना र सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका नरेशकुमार यादवसहित अन्य १४ जना सदस्य थिए ।


