काठमाडौं, ३ फागुन । आगामी वैशाख १ अर्थात् नयाँ वर्षबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जारी’ को टिजर सार्वजनिक भएको छ ।
टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेश देखाउन खोजिएको छ ।
फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर दाम्पतीको भूमिकामा छन् । उनीहरु बीचको प्रेम र घरायसी झगडाले पनि टिजरमा प्रथामिकता पाएको छ ।
रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । लेखन समेत सुब्बाकै रहेको फिल्ममा दयाहाङ र मिरुनाको अलवा विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रेम सुब्बा लगायतको अभिनय छ ।
शैलेन्द्र डि. कार्कीको छायांकन रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन छ ।


