कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ


विराटनगर, ३ फागुन । प्रहरीले कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई मोरङको बलबारीबाट नियन्त्रणमा लिएको छ ।

बेलबारी नगरपालिका–४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार मंगलबार बेलुका बेलबारी–१ स्थित एक होटलमा बसी उनीहरुले मदिरा सेवन गरेको र त्यसक्रममा विवाद हुँदा उक्त घटना भएको थियो । त्यसपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।

हास्य कलाकार खतिवडा ‘म्याकुरी’ थेगोका कारण चर्चित छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार