७० अंक ल्याउँदा लाइसेन्स दिँदा दुर्घटना बढ्छ : सांसद पाण्डे


काठमाडौं, ३ फागुन । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राजेन्द्र पाण्डेले ७० अंक ल्याउँदा पनि सवारी चालक अनुमति लाइसेन्स पत्र दिने व्यवस्थाले सडक दुर्घटना बढाउने बताएका छन् ।

आफू बागमती प्रदेशको मुख्यमन्त्री हुँदा यस्तो व्यवस्था ल्याउन रोकेको भए पनि अहिले सरकारले यो व्यवस्था लागु गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

‘रातो बत्ति बल्दा पनि वा ट्राफिक संकेतको पालना नगर्नेले पनि अब सवारी लाइसेन्स पाउने भए,’ उनले भने, ‘त्यसरी लाइसेन्स दिने हो भने ड्राइभिङ लाइसेन्सभन्दा पनि टुर्घटना लाइसेन्स बन्ने छन् ।’

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार