पोखरा, ३ फागुन । जोमसोमबाट पोखराका आउँदै गरेको बस थासाङ गाउँपालिका–३ मा कालीगण्डकीमा खसेको छ ।
उक्त बस दुर्घटनामा परेर दुई भारतीयसहित १७ जना घाइते भएका छन् ।
ना ७ ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका धम्पुमा सडकबाट कालीगण्डकीमा खसेको हो । बस करिब ४५ मिटर तल खसेको हो ।
बस नदीमा खस्दा बसमा सवार सबैजना घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयहरू समेत रहेको बताइएको छ ।


