काठमाडौं, २ फागुन । फिल्म ‘बाटो’को इन्ड क्ल्याप गरिएको छ । गत जेठ २९ गतेदेखि छायांकन सुरु भएको फिल्मको इन्ड क्ल्याप गरिएको हो ।
काठमाडौंबाट छायांकन सुरु भएको फिल्म उदयपुरको गाइघाट र काठमाडौंका विभिन्न स्थानको छायांकनपछि सकिएको हो ।फिल्मको अन्तिम दृश्य काठमाडौंको कोलोपुलस्थित एक घरमा खिचिएको थियो ।
काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मदन थापा हुन् । फिल्ममा लेखन समेत निर्देशक थापाकै रहेको छ । फिल्मका छायाँकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायांकार ऋषि निर्माण युनिटले चेन्नइबाट झिकाएको हो ।
रोड थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘बाटो’मा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकारलगायतको मुख्य भूमिकामा छन् । फिल्मका निर्माता चन्दन झा हुन् । निर्माता झाँ काठमाडौं फिल्मका फाउन्डर पनि हुन् ।
फिल्मको पोष्ट प्रोडक्सनको पुरै कार्य मुम्बईमा हुनेछ । केही दिनभित्रै पोष्ट प्रोडक्सन सुरु हुने फिल्म अर्काे वर्ष भित्रमा रिलिज गर्ने योजना निर्माण युनिटको छ । फिल्म नेपालीसहित हिन्दी, तेलूगु, मलयालम र अंग्रेजीमा भाषामा समेत तयार हुने निर्माता चन्दन झाले जानकारी दिए ।


