‘हुक्काः एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक


काठमाडौं, २ फागुन । आगामी चैत ३ गतेबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक गरेको छ ।

मंगलबार भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवसको अवसर पारेर सार्वजनिक फिल्मकोफस्टलुकमा फिल्मका कलाकार प्रमीला खनाल र तेज गिरीलाई रोमान्टिक लुक्समा देखाइएको छ ।

स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाले निर्देशन गरेका हुन् । फिल्ममा प्रमीला र तेजका अलावा प्रकाश घिमिरे, अंशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको अभिनय देख्न सकिन्छ ।

फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान् पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता तथा रेश्मा प्रधान सहनिर्माता रहेकी छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार