काठमाडौं, १ फागुन । आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिटमा आगजनी गरेका छन् ।
प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भर्खरै अस्थायी प्रहरी बिटमा आगजनी गरेका हुन् ।
आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् ।
प्रहरीले आन्दोलकारीमाथि केही सेल अश्रुग्याँस चलाएको छ । जवाफमा प्रर्दशनकारीहरुले पनि प्रहरीमाथी ढुंगामुढा गरेका छन् ।



