सप्तरीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु


सप्तरी, १ फागुन । सप्तरीको शम्भुनाथ नगरपालिका ७ मोहनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ९ प ८१९१ नम्वरको मोटरसाइकल अनियन्त्रिण भएर दुर्घटना हुँदा शम्भुनाथ नगरपालिका ११ बस्ने २८ वर्षीय कपिल चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार