काठमाडौं, २९ माघ । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा प्रभु अधिकारी चुनिएका छन् ।
संघको सम्पन्न पाँचौ अधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।
अधिवेशनले संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठलाई छानेको छ ।
त्यसैगरी संघको कार्यसमिति सदस्यमा सुरेश सुनार, विनिता सुनार, एजिा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरब त्रिपाठी चयन भएका छन् ।
अधिवेशन संघको केन्द्रीय प्रतिनिधिका रुपमा आशिष पुरी र सुशान घिमिरेलाई चयन गरेको छ ।


