‘स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका’


जनकपुरधाम, २९ माघ । धनुषाका स्थानीय तहका प्रमुख–उपप्रमुखहरुले पालिकाको बार्षिक योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फ्रि मिडिया नेटवर्क धनुषाको आयोजना तथा नेपाल पत्रकार महासंघ धनुषा शाखाको संयोजनमा आयोजित ‘स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

स्थानीय तहका जनप्रतिनिधिहरुले योजना तर्जुमा प्रक्रिया समावेशी बनाइने गरेतापनि सञ्चार क्षेत्रको खवरदारी आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी लक्ष्मिनीया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले आगामी आर्थिक वर्षको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउनका लागि योजनाबद्धरुपमा काम गर्ने प्रतिबद्धता जनाए ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले सञ्चार क्षेत्रलाई पनि योजना प्रक्रिया समावेशी बनाउनका लागि समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाले स्थानीय तहको योजना निर्माण प्रक्रियालाई समावेशी बनाउनका लागि सञ्चार क्षेत्रले सहयोग गर्ने बताए ।

उनले पत्रकार महासंघले गरेको छलफलले स्थानीय तहहरुको योजना निर्माणलाई सहयोग पुग्ने बताइन् ।

कार्यक्रममा ‘समावेशी बजेट र सञ्चार क्षेत्रको भूमिका’ विषयमा मदन सिंह बागचनले कार्यपत्र प्रस्तुति गरेर सहजीकरण गरेका थिए ।

कार्यक्रममा बरिष्ठ पत्रकार बिएम खनाल, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष ज्योति झा, गैसस महासंघ धनुषाका सदस्य उमेश साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, सेफ नेपालका विनोद महरा, अधिकारकर्मी सम्योगिता शाह, सुभद्रा आले, समिता कुमारी तामाङ्ग, साथ साथ सिकाई संघका रिंकु साह, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सल्लाहकार त्रिपित महरालगायत दर्जन बढी सञ्चारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार