टर्कीमा लुटपाटका घटना बढ्यो, ४८ जना पक्राउ


एजेन्सी, २९ माघ । भूकम्पको पीडामा रहेको टर्कीमा लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न भएको भन्दै हालसम्म ४८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

गत सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प जाँदा टर्की र सिरियामा हालसम्म २८ हजार जनाको मृत्यु भइसकेको छ । यो पीडाका बीच लुटपाटका घटनाले थप चिन्ता बढाएको हो ।

समाचार एजेन्सी अनादोलुका अनुसार लुटपाटका घटनाबारे अनुसन्धानका लागि एक कमिटी गठन गरिएको छ । कमिटीको अनुसन्धानपछि आठ अलग–अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको छ ।

यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए ।

भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका १० प्रान्तमा तीन महिनासम्मका लागि संकटकाल घोषणा गरेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार