बारा, २९ माघ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित सिटी मार्केटमा आइतबार बिहान आगलागी भएको छ ।
आगलागीबाट ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट हुँदा लाखौंको क्षति भएको हो ।
आगलागीबाट हजारी साह र विवेक चौधरीले सञ्चालन गरेको कपडा पसल जल्दा पाँच/पाँच लाख, मोहम्मद सुबराति र अनिल साहले सञ्चालन गरेको कपडा पसलमा क्रमशः २० लाख र १७ लाख, मुनुलालप्रसाद रौनियारले सञ्चालन गरेको हरिओम ट्रेडर्समा २० लाख र अन्जनीप्रसाद चौरसियाले सञ्चालन गरेको पसलमा पाँच लाखको क्षति भएको प्रारम्भिक अनुमान छ ।
आइतबार बिहान ७ः३० बजे लागेको आगो ९ बजे नियन्त्रणमा आएको थियो । समयमै आगो नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुन् सक्ने अनुमान गरिएको छ ।



