उपचार सेवा माग्दै वीर अस्पताल अगाडि बिरामीले गरे प्रदर्शन


काठमाडौं, २९ माघ । काठमाडौंको वीर अस्पताल अगाडि बिरामी र उनका आफन्तले प्रदर्शन गरेका छन् ।

बिरामी र उनका आफन्तहरुले उपचार सेवा माग्दै अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो ।

नेपाल चिकित्सक संघको आह्वानमा आइतबार देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् । वीर अस्पतालमा पुगेका धेरै बिरामीहरु अलमलमा परेका थिए । सुरक्षा गार्डहरुले ओपीडी सेवा बन्द भएको जानकारी गराउँदै बिरामीहरुलाई फर्काएका छन् ।

सडक अवरुद्ध हुने गरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले हटाएको छ ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार