मधेस प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा


जनकपुरधाम, २७ माघ । मधेस प्रदेशमा आगामी फागुन १ गते सार्वजनिक बिदा दिइने भएको छ ।

मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय राजपत्रमै प्रकाशित गरिसकेको हो ।

यसअघिका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा गृह तथा सञ्चार मन्त्री भएका भरत प्रसाद साहको प्रयासमा गत वर्ष नै फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो ।

गत वर्ष फागुन १ गते पनि मधेस सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको थियो भने माओवादीको दशवर्षे जनयुद्धमा सहिद, बेपत्ता भएका परिवार र घाइतेलाई एक/एकलाख रुपैयाँ वितरण गरिएको थियो ।

त्यस्तै, बागमती प्रदेशले पनि जनयुद्ध दिवसको अवसरमा यसवर्षदेखि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार