साउदी प्रो लिगमा अल नासरको फराकिलो जित


एजेन्सी, २७ माघ । साउदी प्रो लिग फुटबलमा अल नासरले फराकिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा उसले अल अल वेहदाविरुद्ध ४–० गोल अन्तरको जित निकालेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो एक्लैले ४ गोल गरे । खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए ।

४० औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । खेलको ५३ औं मिनेटमा रोनाल्डोले नै पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे ।

६१ औं मिनेटमा उनले चौथो गोल गर्दै नासरलाई ४–० को फराकिलो जित दिलाए । योसँगै रोनाल्डोले ५ सय लिग गोल पनि पूरा गरेका छन् ।
यो जितपछि नासर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

उसले १६ खेलमा ३७ अंक जोडेको छ । पराजित अल वेहदा १५ अंकका साथ १३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार