धनगढी, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डलसमेत विस्तार गरेका छन् ।
उनले प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी नेपाली कांग्रेसका प्रकाश देउवा र एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
एकीकृत समाजवादीबाट मन्त्री बनेका शाही बाजुराबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका देउवा कांग्रेसबाट कैलालीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह मुख्यमन्त्री बनेका हुन् ।



