बोर्डको सल्लाहकार समितिबाट शाह र श्रेष्ठले दिए राजीनामा


काठमाडौं, २६ माघ । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट अभिनेता नीर शाह र सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका छन् ।

शाहले बुधबार र श्रेष्ठले बिहीबार राजीनामा दिएका हुन् । शाह सल्लाहकार समितिका संयोजक समेत हुन् । बोर्डमा सल्लाहकार समितिको कुनै भुमिका नभएको र आफु अभिनयमा पनि ब्यस्त भएकोले समितिबाट बाहिरिएको शाहले बताए ।

बोर्डमा सल्लाहकार समितिको केही काम नभएका कारण आफुले मात्र नभएर अन्य साथीहरुले समेत धमाधम राजीनामा दिइरहेको शाहको भनाई छ । अभिनेता श्रेष्ठले भने आफ्नो ब्यस्तताको कारण देखाएर बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिएको बताएका छन् । उनले आफूले राजीनामा दिएको सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका छन् ।

नीर शाह संयोजक रहेको सल्लाहकार समिति सदस्यमा शोभित बस्नेत, दीपाश्री निरौला, रबिन्द्र खड्का, आकाश अधिकारी, सुशान्तकुमार श्रेष्ठ र विधान कार्की सदस्य रहेका थिए । सम्भवतः बोर्डको इतिहासमा सल्लाहकार समितिका संयोजक र सदस्यले एकपछि अर्को गर्दै राजीनामा दिएको यो नै पहिलो पटक हो ।

सल्लाहकार समिति गठन भएको तीन महिनामा नै राजीनामाको ओइरो आउनुले बोर्ड अध्यक्ष भुवन केसीको कार्य शैलीप्रति अनेकौ प्रश्न उठेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार