१८ लाख नेपाली रुपैयाँसहित दुईजना पक्राउ


पर्सा, २६ माघ । सशस्त्र प्रहरीले हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित वीरगञ्ज रक्सौल सडकखण्डबाट भारत घर बताउने २६ वर्षीीय राकेश कुमार र २७ वर्षीय प्रसंजित कुमारलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया कमाण्डको खटेको टोलीले भातरीय नम्बर प्लेटको दुईवटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँ समेत फेला परेका थियो ।

फेला पारिएको नेपाली रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार