भारतीय युवकले गरे बृद्धमाथी गोली प्रहार


सप्तरी, २६ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक भारतीयले घरमै घुसेर गोली प्रहार गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी वडा न.१३ गोबरगाढा टप्पुमा भारतीय व्यक्तिले घरमै पसेर वृद्धमाथि गोली प्रहार गरेका हो । गोली लागेर ६५ वर्षिय महेन्द्र पासवान घाइते भएका हुन् ।
बुधबार बेलुका करिब साढे ६ बजेतिर भारतीय नागरिकले पासवानको घरमै आएर गोली हानेको बताइएको छ । घुँडामा गोली लागेको उनलाई उपचारका लागि राजविराज पठाइएको छ ।
यता सो घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले पासवानमाथि भारतीय नागरिकले गोली प्रहार गरेको पुष्टि गरेका हुन् । उनले भारतीय जाबेद भन्ने व्यक्तिले गोली हानेको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार