जनकपुरधाम, २५ माघ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा १०८ मण्डपिय सिताराम नाम संकीर्तन एवम् ९ दिवसिय श्री राम महायज्ञको आयोजना हुन लागेको छ ।
धार्मिक एवम् सांस्कृतिक नगरी जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानमा संकीर्तन एवम् ९ दिवसिय श्री राम महायज्ञ आयाजनाका लागि तयारी गर्न लागिएको हो ।
माघ २८ देखि फागुन ७ गतेसम्म संकीर्तनका साथै आयोजना हुने श्री राम महायज्ञमा नेपाल र भारतका विभिन्न स्थानका साधुसन्तसहित हजारौं श्रद्धालुहरु सहभागि हुने अयोजकले जनाएको छ ।

अखण्ड संकीर्तन र यज्ञमा विभिन्न जिल्लाका २४ वटा भजन किर्तन मण्डलीको समेत सहभागिता रहने बताइएको छ ।
अखण्ड संकीर्तन र यज्ञका लागि १०८ वटा मण्डप तयार हुन लागेको आयोजकले जनाएको छ ।


