अभिनेत्री करिश्मा मानन्धरद्वारा डिल्लीराम खनालूविरुद्ध साइबर ब्युरोमा उजुरी


काठमाडौं, २५ माघ । अभिनेत्री करिश्मा मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै एक व्यक्तिका विरुद्ध साइबर ब्युरोमा उजुरी हालेकी छन् ।

उनले डिल्लीराम खनाल नामका एक व्यक्तिले युट्युबमा आफूलाई व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको आरोप लगाउँदै उजुरी दिएकी हुन् ।

‘कुनै आधार र प्रमाणबिना मलाई विभिन्न लाञ्छना लगाइन्छ भने म त्यो सहेर बस्न सक्दिन’ करिश्माले भनिन् ‘जुन युट्युबले प्रसारण ग¥यो त्यसलाई भन्दा पनि बोल्नेलाई उजुरी हालेकी छु ।’ युट्युबप्रति पनि प्रेस काउन्सिलमार्फत समन्वय गर्ने उनले बताइन् ।

आफ्नो उजुरी साइबर ब्युरोका प्रहरीले सकारात्मक लिएकोले डिल्लीरामलाई कारबाही हुनेमा आफू आशावादी रहेको करिश्माले बताइन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार