काठमाडौं, २४ माघ । कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ । ९२ वर्षका पौडेलको बुढानीलकण्ठ चपलीस्थित आफ्नै घरमा मंगलबार अपराह्न साढे तीन बजे निधन भएको कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए ।
करिब ७० बढी फिल्म अभिनय गरेका पौडेल चलचित्र कलाकार सङ्घका आजीवन सदस्य पनि हुन् । थुप्रै टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापन समेतमा उनको अभिनय छ । पाँच छोरा र दुई छोरीका पिता पौडेलकी श्रीमती देवकुमारी पौडेल पनि कलाकारितामा रुचि राख्थिन् । संखुवासभाको चैनपुरका उनले कलाकारिता अगाडि शिक्षण पेसा र राससको संखुवासभा प्रतिनिधि भएर काम गरेका थिए ।


