भग्नावशेषमा पुरिएका फुटबल खेलाडीको उद्धार


एजेन्सी, २४ माघ । टर्कीका फुटबल खेलाडी क्रिस्टियन यत्सुलाई भग्नावशेषबाट निकालेर उद्धार गरिएको छ ।

उनका म्यानेजरले यसबारे जानकारी दिएका हुन् । न्युक्यासल युनाइटेड र चेल्सी फरवर्डको तर्फबाट खेल खेल्ने पूर्व खेलाडी सोमबार एक भवनको भग्नावशेषमा फसेका थिए ।

घानामा बस्ने यत्सु टर्कीको हेटास्पोर क्लबका लागि खेल्छन् । म्यानेजर मुस्तफा ओजटले टर्की रेडियो स्टेशनसँगको कुराकानीमा यत्सुलाई घाइते अवस्थामा भग्नावशेषबाट निकालिएको जानकारी दिए ।

उनका अनुसार क्लबका खेल निर्देशक तानेर सावत पनि भग्नावशेषमा पुरिएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार