खड्काले दिए बोर्डको सल्लाहकार समितिबाट राजीनामा


काठमाडौं, २४ माघ । कलाकार रवीन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिएका छन् ।

बोर्डले सल्लाहकार समितिसँग सल्लाह नगरी विवादित कार्य गर्दै आएको र सल्लाहकारको सल्लाहसमेत नमानेको भन्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

चलचित्र कलाकार संघका अध्यक्षसमेत रहेका खड्काले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राजीनामाको जानकारी दिएका छन् ।

उनले आफ्नो राजीनामा कोही कसैसँगको व्यक्तिगत मनमुटाब कारणले नभएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार