काठमाडौं, २४ माघ । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
राष्ट्रपति कार्यालयमा मंगलबार आयोजित समारोहमा उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीका साथै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थिति थियो ।
यस्तै, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको पनि सहभागिता थियो । उपाध्यक्ष अर्याल सोमबार मात्रै उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।
उनले आजै आफ्नो पदभार ग्रहण गरेकी छन् ।


