काठमाडौँ, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने भएका छन् ।
आज बसेको पार्टी बैठकबाट सरकारबाट बाहिरिने निर्णय रास्वपाले गरेको छ । सो निर्णयबारे जानकारी दिँदै सभापति रवि लामिछानेले आजै मन्त्रीहरुले राजीनामा दिने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको रास्वपाभित्र सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे मतभेद देखिएको थियो ।
सोही विषयमा छलफल गर्नका लागि शनिबार राति अबेरसम्म बैठक बसेको थियो ।
त्यसपछि आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय भएको सभापति रवि लामिछानेले बताएका छन् ।


