शिक्षक अभाव रहेको भन्दै बटेश्वरको एक विद्यालयका विद्यार्थी आन्दोलित


जनकपुरधाम, २२ माघ । धनुषाको बटेश्वर गाउँपालिकाको एक विद्यालयमा शिक्षकको अभाव रहेको भन्दै आन्दोलित भएका छन् । शिक्षक अभावका कारण पढाई नै प्रभावित हुन पुगेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

गत साउन महिना देखी नै शिक्षक नहुँदा ३ वटा विषयको पढाई नै नभएको भन्दै बटेश्वर गाउँपालिका वडा नम्बर १मा रहेको लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरुले आन्दोलन शुरु गरेका हुन् ।

शिक्षकको माग गर्दै वडा कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीहरुले कार्यालयमा तोडफोड समेत गरेका छन् । उनीहरूले स्थानीय जनप्रतिनिधि विरुद्ध नाराबाजी गर्दै वडा कार्यालय अगाडि सडक अवरुद्ध गरेर केहीबेर टायर बालेर प्रदर्शन समेत गरेका थिए ।


प्रधानाध्यापक श्याम सिंहले आफू शिक्षक व्यवस्थापन गर्न नसक्ने जवाफ दिएपछि बाध्य भएर आन्दोलन गर्नु परेको विद्यार्थीहरु बताउँछन् ।लामो समयदेखि वडाध्यक्ष र प्रधानाध्यापकसंग अंग्रेजी, सामाजिक र विज्ञान विषयको शिक्षकको माग गर्दै आईरहेको एक विद्यार्थीले बताए ।

एसईई परिक्षा हुन ढेढ महिना मात्रै बाँकी रहेको समयमा पनि ती विषयहरुको पढाई नहुदा आफूहरुको भविश्य नै अँध्यारोमा पुग्ने भन्दै विद्यार्थीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

गांँउपालिकाले शिक्षक पठाएपनि विपक्षी दलका स्थानीय नेताले विद्यालयमा हाजिर नै हुन नदिएको वडाध्यक्ष अशोककुमार महतोले बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार