ओलीको नयाँ गीत ‘डाली लपक्कै’ सार्वजनिक


काठमाडौं, २१ माघ । अमेरिका बसेरै नेपाली लोक दोहोरी क्षेत्रमा सक्रिय पवन ओलीको नयाँ गीत ‘डाली लपक्कै’ सार्वजनिक भएको छ।

पवन ओलीको शब्द सङ्गीत रहेको सार्वजनिक गीतमा स्वर ओली र गायिका सान्तीश्री परिवारको स्वर सुन्न सकिन्छ। गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन्।  गायक ओलीका यस अघिका बुटवल बसपार्क ,धानै कुट्ने ढिकी ,माछी बस्यो, खोलीमा पानी लगायतका गीतहरू चर्चित छन्।
मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ।   नवराज उप्रेतीले खिचेको  म्युजिक भिडियोमा विमला तामाङको मेकअप र मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार