एजेन्सी, २१ माघ । पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदीले पूर्व क्रिकेटर शाहिद अफ्रिदीकी जेठी छोरी अन्शासँग विवाह गरेका छन् ।
यस अवसरमा पाकिस्तानी क्रिकेट कप्तान बाबर आजम सहित टोलीका धेरै खेलाडीहरू उपस्थित थिए। सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्विर र भिडियोमा दुवै परिवारका आफन्त र साथीभाइहरू देखिएका थिए ।
मानिसहरूले शाहिन र शाहिद अफ्रिदीलाई बधाई दिइरहेका छन्। २२ वर्षीय शाहिन अफ्रिदीले अहिलेसम्म २५ टेस्ट, ३२ एकदिवसीय र ४५ टी–२० खेलिसकेका छन् । उनले टेस्टमा ९९, एकदिवसीयमा ६२ र टी–२० मा ५५ विकेट लिएका छन् ।


