एजेन्सी, २१ माघ । तमिलनाडुको तिरुपत्तुरको वानियाम्बडीमा शनिबार भएको भागदौडमा चार महिलाको मृत्यु भएको छ ।
थाइपुसम पर्वको अवसरमा यहाँ एक व्यक्तिले निःशुल्क साडी र वेष्टी (सेतो धोती) टोकन वितरण गरिरहेको प्रहरीले जनाएको छ । टोकन लिन ठुलो संख्यामा मानिसहरु जम्मा भएका थिए । यसै क्रममा भागदौड भएको थियो । दुर्घटनामा केही घाइते भएको पनि समाचार छ ।
तमिल समुदायले थाइपुसम पर्व मनाउँछन्। यो भगवान् मुरुगनको जन्मजयन्ती हो। भगवान् मुरुगन कार्तिकेय हुन्, भगवान् शिव र देवी पार्वतीका कान्छो छोरा। यस दिन देवी पार्वतीले भगवान् मुरुगनलाई तारकासुर नामक राक्षस र उनको सेनालाई मार्ने आदेश दिएकी थिइन् भन्ने मान्यता छ । त्यसपछि भगवान् कार्तिकेयले तारकासुरको वध गरेका थिए । थाइपुसम पर्व आफ्नो खुसीमा मनाइन्छ ।


