एजेन्सी, २१ माघ । श्रीलङ्काले आफ्नो ७५औं स्वतन्त्रा दिवसको उपलक्ष्यमा ५८८ जना कैदीबन्दीहरूलाई आममाफी दिएको छ ।
ती कैदीबन्दीहरूमा ५५७ जना लागुऔषध मुद्दामा अदालतले दोषी ठहराएका तर सुधारगृहमा पठाउँदा सुधार हुने विश्वास गरिएका र अन्य ३१ जना कैदीहरू उनीहरूको चालचलन र व्यवहारमा सुधार देखिएकाले छोडिएको हो ।
श्रीलङ्काकको संविधानको धारा ३४ अनुसार राष्ट्रपतिमा निहित अधिकारको प्रयोग गरी ती कैदिबन्दीलाई रिहा गरिएको अधिकारीहरूले जनाएका छन् । गत वर्षको स्वतन्त्रता दिवसको उपलक्ष् १९७ जना बन्दीलाई रिहा गरिएको थियो ।
श्रीलङ्का सन् १९४८ फेब्रुअरी ४ मा ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएको थियो ।
आज उसले ७५ औं स्वतन्त्रता दिवस मनाएको छ ।



