धनुषाको एक विद्यालयमा चोरी


जनकपुरधाम, २१ माघ । अज्ञात समूहले धनुषाको एक विद्यालयमा ताला फोडेर चोरी गरेको छ ।

जिल्लाको औरही गाउँपालिका–२ परवाहास्थित उच्च माध्यमिक विद्यालयको कार्यालयबाट ताला फोडेर विद्यालयका सामानहरु चोरी गरिएको हो ।

विद्यालयको कार्यालयको मेन गेटको ताला तोडेर प्रिन्टर, मोनिटर, सिसिटिभी क्यामेरा, कम्प्यूटर, शैक्षिक सामग्री, स्मार्ट बोर्ड, किबोर्डलगायतका सामान चोरी गरिएको प्रहरीले जनाएको छ ।

विद्यालयको ताला फोडेर चोरी गर्नेको पहिचान भएको छैन । चोरीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार