जनकपुरधाम, २१ माघ । जनक हजारी विद्यापीठ जनकपुरधामका सह–प्राध्यापक रुद्रकुमार झाको अल्पायूमै निधन भएको छ ।
मैथिली विभागका सह–प्राध्यापक एवं नेपाल विद्यापति पुरस्कार कोषका सदस्य सचिवसमेत रहेका ४५ वर्षीय झाको उपचारको क्रममा निधन भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका–८ बलबा टोल बस्ने झाको छातीमा मंगलबार अचानक दर्द हुँदा उपचारका लागि पभारतको पटना लगिएको थियो । पटनामा उनको मुटुको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापश्चात् उपचारकै क्रममा रहेका झाको शनिबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।


