जनकपुरधाम, २१ माघ । मैथिली भाषाको विकास हेतु स्थापना गरिएको मैथिली विकास कोषको नयाँ कार्यसमितिमा पूरानै अनुहार दोहरिएका छन् ।
कोषको अध्यक्षमा पुनः जीवनाथ चौधरी चौथो पटक चयन हुँदा सदस्य सचिव र सदस्यहरु पनि पूरानै अनुहार हुन् ।
शनिबार जनकपुरधाममा सम्पन्न कोषको साधारण सभाद्वारा आगामी कार्यकालका लागि अध्यक्ष पदमा चौधरीलाई चौथो पटक सर्वसम्मत चयन गरिएको हो ।
यसअघि तिन कार्यकाल सम्हालेका चौधरी चौथो कार्यकालका लागि जिम्मेवारी बहन गर्ने भएका छन् । प्रत्येक ३/३ वर्षमा हुने नयाँ कार्यसमितिको लागि यसअघि नै ९ वर्षको तिन कार्यकाल सम्हालेका चौधरी चौथो कार्यकालका लागि फेरि चयन भएका छन् ।
सर्वसम्मतिबाट भएको नयाँ कार्यसमितिको सदस्य सचिवमा साहित्यकार श्याम सुन्दर शशी चयन भएका छन् ।
कोषको सदस्यहरुमा सुनिल मल्लिक, नविन कुमार मिश्र, नित्यानन्द मण्डल, सुजित कुमार झा, पूनम झा मैथिली, अनिता रानी मण्डल, परमेश झा, विष्णुकान्त मिश्र, रामचन्द्र दास, पंकज महतो, मनमोहन साह, प्रमोद चौधरी र चयन भएका छन् ।
कार्यसमितिका एकजना सदस्य पछि मनोनित गरिने अध्यक्ष चौधरीले जानकारी दिए ।



