स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु


सर्लाही, २१ माघ । सर्लाहीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको कबिलासी नगरपालिका–९ बस्ने १८ वर्षीय दिपेन्द्र महतो रहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान करिब १० बजे मलंगवा नगरपालिका–४ स्थित नवलपुर मलंगवा सडक खण्डमा मलंगवाबाट गमहरियातर्फ जाँदै गरेको ना १ क ४९५१ नम्बरको जेसिस अंग्रेजी आवसीय माध्यमिक विद्यालयको बसले भारतीय नम्बर प्लेटको तीनजना सवार मोटरसाइकललाई ठक्कर दिँदा महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

महतोलाई दुर्घटना पश्चात प्रादेशिक अस्पताल मलंगवामा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी यादवले बताए ।

सोही दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवतीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार