जनकपुरधाम, २१ मघ । मधेस प्रदेशसभाले शनिबार आफ्नो पाँचौ स्थापना दिवस मनाउँदै छ ।
स्थापना दिवसको अवसरमा प्रदेशसभा सचिवालयले विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार स्थापना दिवसको अवसरमा रक्तदान, उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरण, खेलकुदको प्रमाणपत्र वितरणलगायतका कार्यक्रमको आयोजना गरिएको छ ।

२०७४ माघ २१ गते पहिलो प्रदेशसभा बैठक बसेको थियो । सो अवसरमा पत्येक वर्ष माघ २१ गते प्रदेशसभा सचिवालयले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने गरेको छ ।



