जनकपुरधाम, २० माघ । मधेस प्रदेशको मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणको सम्पूर्ण तयारी पूरा गरिएको छ ।
लामो रस्साकस्सी पश्चात मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डललाइ पूर्णता दिने तयारी गरेका हुन् ।
उनले नेकपा एमाले, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको सूची समेत तयारी पारिसकेका छ्न ।
यद्यपि मन्त्रालयको भागबण्डामा दलहरुबिच अझै सहमति भने हुन सकेको छैन । कतिपय दलहरु भित्र आन्तरिक रुपमै मन्त्रालय भागबण्डाको विषयमा विवाद रहेको छ ।
शपथ ग्रहणका लागि शुक्रबार मध्यान्ह् ४ बजेको समय दिइए पनि भागबण्डा नमिल्दा शपथ ग्रहण समारोह ५ बजेपनि सुरु हुन सकेको छैन् ।


