माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित


काठमाडौं, २० माघ । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ ।

आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक शनिबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्थताका कारण बैठक सारिएको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बिहीबार बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो । १२ माघदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक बस्दै र सर्दै आएको छ ।

आज बस्ने बैठकमा पार्टी एकता, नेताहरूको कार्यविभाजनलगायतका विषयमा निर्णय लिने कार्यसूची थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार