मधेस प्रदेश : आज मन्त्रीमण्डल विस्तार हुँदै


जनकपुरधाम, २० माघ । लामो रस्साकस्सी पछि मधेश सरकारको मन्त्रीमण्डल आज विस्तार हुन लागेको छ ।

सत्तारुढ दलहरु एमाले, जनता समाजवादी पार्टी(जसपा), जनमत र माओवादी केन्दलाई समेटेर मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन् । बाँकी रहेको ७ वटा मन्त्रालयको भागबण्डा गरेर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा छन् ।

जसपाबाट सुरिता साह, सिंहासन साह कलवार र प्रमोद जयसवाललाई मन्त्रीमण्डलमा शामिल गर्न लागिएको श्रोतको दावी छ । त्यस्तै एमालेबाट राजकुमार लेखी र शारदा थापा, जनमतबाट महेश यादव र माओवादी केन्द्रबाट भरतप्रसाद साह तथा सुनिता यादवको नाम मन्त्री बन्ने सूचीमा पर्न सक्ने सम्भावना छ ।

गत पुस २९ गते ३ बिना विभागिय मन्त्रीहरु सहित मन्त्रीमण्डल गठन गरेका मुख्यमन्त्री यादव ३ सातापछि मन्त्रीमण्डललाई पूर्णता दिने तयारी छन् । मन्त्रीहरुले आजै शपथ ग्रहण समेत लिन सक्ने सम्भावना छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार