रास्वपा तत्काल सरकारबाट नबाहिरिने


काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ ।

रास्वपाले तत्काल सरकार नछोड्ने र उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर आफ्नो माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दिनको समय दिने निर्णय गरेको हो ।

पार्टीको बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डले माग सम्बोधन गर्न दुई दिन समय मागेकाले त्यतिबेलासम्म पर्खिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट फिर्ता आउने चेतावनी दिँदै आएको छ ।

रास्वपाबाट हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की छन् ।

सर्वोच्च अदालतले माघ १३ गते उपप्रधान एवं गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद र पार्टी सभापति पद गुमेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार