कमला सिंचाई पश्चिमीको अन्तरक्रिया सम्पन्न


जनकपुरधाम, १९ माघ । कमला सिंचाई पश्चिमीको विधान सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

बिहीबार धनुषाको सतोषरमा भएको अन्तरक्रियामा कमला सिंचाईको म्यानर, शाखा र मूल कमिटीको निर्वाचन सम्बन्धमा छलफल भएको हो ।

१० वर्षदेखि समितिविहिन अवस्थामा रहेको कमला सिंचाई पश्चिमीको पुस २९ गते सिंचाई महासंघका केन्द्रीय अध्यक्ष गजाधर यादवको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो ।

सो समितिले एक वर्षभित्र कमला सिंचाई पश्चिमीको निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको समितिका सदस्य सुजित मिश्रले जानकारी दिए ।

धनुषाको पोतार्हामा रहेको मूल शाखाबाहेक परवाहा, महिनाथपुर र खजुरीको शाखा तथा ५५ वटा म्यानर कमिटी निर्वाचन एक वर्षभित्र हुने सदस्य मिश्रले बताए ।

मिश्रले फागुन १० गते भित्र पानीपोतका लागि सदस्यता आह्वान गर्नुपर्ने निष्कर्षसमेत निकालेको जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार