काठमाडौं, १९ माघ । ‘मिस्टर नेपाल वर्ल्ड’ विजेता नूतन श्रेष्ठ थाइल्यान्ड उडेका छन् । थाइल्यान्डमा आयोजना हुने ‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्न उनी थाइल्यान्ड उडेका हुन् ।
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइ गर्न आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला लगायत पुगेका थिए ।
‘मिस्टर ग्लोबल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगितामा पठाएको हो । यो बर्ष ‘मिस्टर वर्ल्ड’ आयोजना नहुने भएकोले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’ मा पठाइएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
फेब्रुअरी १२ तारिकसम्म थाइल्यान्डमा आयोजना हुने प्रतियोगिता उनी नेपाली कला संस्कृति सहित सहभागी हुनेछन् । करिब ६० बढी देशका पुरुषहरूको सहभागिता रहने ‘मिस्टर ग्लोबल’ प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिन्छ ।



