गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्छ : ओली


काठमाडौं, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको बेला भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नै दिनुपर्ने बताएका छन् ।

सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको भन्दै उनले त्यही सहमति अनुसार हुनुपर्ने बताए ।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो । अदालतको पूर्णपाठ किन चाहियो ?’

प्रधानमन्त्री प्रचण्डले रविको नागरिकताको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय नदिने भनेको बारे पत्रकारको जिज्ञासामा ओलीले भने, ‘पूर्णपाठ किन चाहियो, कण्ठ गर्नलाई हो ?’

उनले यो छलफल गर्नुपर्ने विषय नै नभएको बताए । राष्ट्रपति निर्वाचन र गृह मन्त्रालय कसलाई दिने भन्ने विषयका कारण वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको ओलीले बताए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार