गुडिरहेको रेलको डिब्बा अचानक छुट्टियो


पर्सा, १९ माघ । भारतको बिहार राज्यस्थित पूर्वी चम्पारणमा गुडिरहेको रेलको डिब्बा अचानक छुट्टिएको छ ।

बिहीबार बिहान सत्याग्रह एक्सप्रेस गाडी नम्बर–१५२७३ को डिब्बा छुट्टिएको हो ।

रक्सौलबाट आनन्द बिहारतर्फ यात्रु बोकेर जाँदै गरेको रेलको डिब्बा बिहीबार भारतीय समय अनुसार बिहान ९ः१५ बजे सुगौली र बेतिया स्टेशनको बीचमा छुट्टिएको थियो ।

डिब्बा छुट्टिएर रेलको इन्जिनसहितको भाग अघि बढे पनि बाँकी ८ वटा डिम्बा लिगमै रोकिएको एक नेपाली यात्रुले जानकारी दिए ।

नेपाली तथा भारतीय यात्रुले रेल भरिएको थियो । रेलको डिब्बा अचानक ईन्जिनसँग छुट्टिएपछि यात्रुहरु आत्तिएर चिच्याउन थालेका थिए ।

छुट्टिएका डिब्बालाई जोडेर आनन्द बिहारतर्फ लागेको रेलको डिब्बा नरकटियागञ्ज रेल्वे स्टेशनमा पुगेपछि फेरि छुट्टिएको यात्रुले बताए ।

दुवै पटक डिब्बा छुटिए पनि कसैलाई कुनै चोटपटक लागेको छैन । सबै यात्रु सकुशल रहेको बताइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार