काठमाडौं, १९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारीले ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थलबाट नियन्त्रणमा लिएका छन् ।
दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ बाट नेपाल आएका यात्रुलाई बुधबार राति १२ः१० बजे विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षीय मोहमद कमल महगौब हुन् । यिन्त्रणमा रहेका उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाका अनुसार चेकजाँचका क्रममा उनी पक्राउ परेका थिए ।


