विवादित इन्सपेक्टर यादवलाई विदाई, इप्रका महेन्द्रनगरको जिम्मा कार्कीलाई


जनकपुरधाम, १९ माघ । गत सोमबार क्षिरेश्वरनाथ नगरपालिका स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट ६ जना थुनुवा फरार भएका थिए । हिरासत कक्षको भित्ता फोडेर ६ जना थुनुवा फरार भएपछि प्रहरी प्रशासनको सुरक्षा व्यवस्थालाई उदांगो पारि दियो । ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी माथी समेत प्रश्न चिन्ह खडा भयो ।

थुनुवा फरार भएपछि विवादित बनेका ईलाका प्रहरी कार्यालय महेन्द्र नगरका इन्सपेक्टर बेचन यादवलाई नागरिक समाजले विदाई गरेको छ । थुनुवा फरार भएपछि विवादित हुनुका साथै शंकाको घेरामा रहेका यादवलाई नागरिक समाजले विदाई गरेको हो ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले थुनुवा फरार प्रकरणलाई छानविन समिति बनाएर अनुसन्धान समेत गरिरहेको छ । यादवको भूमिकामाथी समेत छानविन भईरहेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्री बताउँछन् ।

यादवलाई ढल्केवरस्थित नेपाल प्रहरी विशेष सुरक्षागणमा तानिएको छ । उनको स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मेबारी काठमाडौँको विशेष ब्युरो कार्यालयमा कार्यरत इन्सपेक्टर दिपक कार्कीलाई दिइएको छ ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार