समीक्षा अधिकारीको ‘गाउँमा घर छ का’ सार्वजनिक


काठमाडौं, १८ माघ । गायिका समीक्षा अधिकारीको स्वर रहेको पञ्चेबाजा गीत ‘गाउँमा घर छ का’ सार्वजनिक भएको छ ।

गीतमा शब्द तथा संगीत सुजित खत्रीको रहेको छ । समीक्षालाई गायक सुवास खत्रीले साथ दिएका छन् ।

सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले अभिनय गरेका छन् ।

गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायांकन र नविन घर्ती मगरको सम्पादन रहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार