फैसलाको पूर्णपाठ नआएसम्म गृहको नेतृत्वबारे निर्णय हुँदैन : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् ।

मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन् ।

उपाध्यक्ष कृष्णबहादुर महराले अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय नहुने र यो मन्त्रालय तत्काल प्रधानमन्त्रीसँगै रहने जानकारी दिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार